१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्ला जिससबाट झण्डै अढाइ कराेड बजेट फिर्ता




हुम्ला
, १९ साउन । जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७३/७४ मा रु दुई करोड ४९ लाख ७८ हजार रकम फ्रिज भएको छ ।

स्थानीय ठेकेदार कम्पनी, स्थानीय उपभोक्ता र कार्यालयले समयमा ताकेता गर्न नसक्दा बजेट फिर्ता गएको हो । पुँजीगततर्फ रु एक करोड २० लाख ४५ हजा र चालुतर्फ रु एक करोड ७२ लाख ५४१ हजार फ्रिज भएको जिल्ला समन्वय समितिका लेखा प्रमुख विशाल बोहराले जानकारी दिए ।

ठेकेदारले समयमै झलुंगे पुलका सामान ढुवानी गर्न नसक्दा सबैभन्दा बढी रु ७४ लाख ५० हजार फ्रिज भएको छ । डोल्पा निर्वाचन क्षेत्र विकास कार्यक्रम, युवा स्वरोजगार, आरसी आइडब्लु, साना सिँचाइ, उपेक्षित तथा दलित वर्ग उत्थान कार्यक्रम, ग्रामीण पहुँच कार्यक्रमलगातको रकम फिर्ता गएको हो ।

“समयमै योजनाको सम्झौता नगरिँदा र समयमै कार्य सञ्चालन नहुँदा रकम फिर्ता भएको हो,” जिल्ला समन्वय समितिका योजना शाखाका अधिकृत उजिर रोकायाले भने ।

मतदाता परिचयपत्र

जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता परिचयपत्रका लागि गत साउन १ गतेदेखि १६ गतेसम्म ८२१ जनाले नाम दर्ता गरेका छन् ।

महिला ३६७ जना र पुरुष ५४५ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । जिल्लाका सात गाउँपालिकामा सो कार्यका लागि कर्मचारी पठाइएको उनले बताए ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००