१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकामा मनोरञ्जन कर शून्य



 

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाले गत आव २०७३/७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।

गत बर्ष ८ हजार असुल गरेपनि यस बर्ष एक रुपैयाँ पनि असूल्न सकेको छैन । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि कर तिर्न नआएको र सोहीअनुरुप महानगरले कारवाही गर्न नसक्दा कर उठ्न नसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए ।

महानगरले गत बर्ष १७ लाख रुपैयाँ र अघिल्लो बर्ष २५ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गर्ने लक्ष्य राखेको थियो । । यस क्षेत्रमा नियमित रुपमा कर असुल हुने हो भने वार्षिक रु २५ लाख आम्दानी हुन सक्छ । मनोरञ्जनमा मात्र वार्षिक रु २५ लाख बक्यौता हुने गरेको छ ।

यस बर्षदेखि महानगरले मनोरञ्जन करको बक्यौता असूल्न कडाईका साथ कदम चाल्ने काफ्लेले बताए । रासस

 

प्रकाशित मिति : २८ श्रावण २०७४, शनिबार ००:००