१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्वास नगरपालिकाको बजेट ४९ करोड



कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ का लागि ४९ करोड २२ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । आन्तरिक आयतर्फ १ करोड ८ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ६० लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट २६ करोड ९ लाख रुपैयाँ, सशर्त अनुदानबाट ११ करोड ९६ लाख रुपैयाँ र सडक बोर्डबाट आएको बजेट १५ लाख रुपैयाँ .विनियोजन गरेको छ ।

यसैगरी, सामाजिक सुरक्षा भत्ता ७ करोड रुपैयाँ, सीमा क्षेत्र विकास कार्यक्रमको ५६ लाख ३६ हजार रुपैयाँ र मौज्दातबाट गरि १ करोड ७७ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका मेयर जीवनराज थापाले बताए ।

उनेले विगतमा बालमैत्री, अपांगमैत्री नगरपालिका बनाउने लक्ष्य लिइएकोमा गतवर्षको परिषद्ले थप ५५ शीर्षकमा स्रोत विनियोजन गरिएको र यस पुनर्वास नगरलाई बालमैत्री नगर बनाउने अभियानलाई विशेष प्राथमिकीकरणमा पार्ने गरी योजना कार्यक्रम तयार गरिएको बताए ।

बजेटमा विद्युत् सवस्टेशनको स्थापना, विद्युत् महशुल बुझाउने काउण्टर स्थापना र जीर्ण विद्युत् लाइन मर्मत गर्ने बजेटमा व्यवस्था गरिएको छ । सडक पूर्वाधार विकास, कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था, कृषि वस्तु भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्ने, नगरपालिका क्षेत्रभित्र नदी कटान, वन संरक्षण, घरेलु तथा कुटिर उद्योगको स्थापना र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । मंगलबार भएको नगर परिषद्ले विनियोजित बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ । रासस

प्रकाशित मिति : ७ भाद्र २०७४, बुधबार ००:००