२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुर उपमहानगरपालिकाको बजेट एक अर्ब १८ करोड

लेखक स्थानीय खबर १३ भाद्र २०७४, मंगलबार १ मिनेट पढाइ


दाङ
, १३ भदौ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ ।

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरिन् ।

उपमहानगरपालिकाले प्रत्येक वडामा एक करोड, बाढी प्रभावित क्षेत्रमा तीन करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान, बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न नौ करोड बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले गत आर्थिक बर्षमा भन्दा यो वर्षको बजेट चारगुणा बढी रहेको बताए । प्रशासनिक खर्च २५ प्रतिशतभन्दा बढी राख्न सकिने प्रावधान भएपनि १० प्रतिशतभन्दा कम रहेकाले विकासतर्फ धेरै बजेट परेको पनि पाण्डेले बताए ।

विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।