२९ माघ, डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेका छैनन् । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत…