१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरबाटोबिनै सिमीकोट गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान



२६ माघ, हुम्ला ।
सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

गाउँपालिकाले गाडी खरिदका लागि ४३ लाख ५५ हजार २३० विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो ।

राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । छिमेकी राष्ट्र चीनसँगको नाकाको हिल्सा–सीमकोट सडकखण्डले समेत जोड्न बाँकी रहेको छ ।

स्थानीय सरकारको गठनपश्चात् पनि स्थानीय सरकारले विकास बजेटलाई जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रमण तथा दैनिक भत्तामा खर्च गरी चरम दुरुपयोग गरिरहेको पाइन्छ ।

यस गाउँपालिकाले पनि स्थानीय पदाधिकारी र कर्मचारीलाई ज्याकेट खरिद गरी वितरण गरेको पाइएको छ । स्थानीय बजारमा २ हजार ५०० मा पाइने ज्याकेटलाई ५ हजारमा खरिद गरी ४६ जना प्रतिनिधि र ३० जना कर्मचारी गरी जम्मा ७६ जनालाई वितरण गरेको छ । ज्याकेट खरिदमा ३ लाख ८० हजार गाउँपालिकाको खर्च भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार अत्यन्त चिसोका कारण गाउँ कार्यपालिकाले निर्णय गरेर नै ज्याकेट खरिद गरी वितरण गरिएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ००:००