१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरगया गाउँपालिकाको वडा कार्यालय भवन हस्तान्तरण



२५ माघ, रसुवा ।
स्थानीय तहको कार्यसञ्चालनका लागि नवनिर्मित वडा कार्यालय भवन हस्तान्तरण गरिएको छ । जर्मन विकास सहयोग अन्तर्गत जिआइजेट नामक संस्थाले ७० लाखको लागतमा निर्माण गरेको पाँचकोठे उत्तरगया गाउँपालिका वडा नं २ स्थित डाँडागाउँ वडा कार्यालय भवन हस्तान्तरण गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

जिआइजेटका संस्था परियोजना संयोजक चन्द्र आलेका अनुसार भवन निर्माणका साथै कार्य सञ्चालनमा थप सहयोग पु¥याउन २ लाख ५० हजार बराबरको फर्निचरसमेत उपलब्ध गराइएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव सुरेशराज अधिकारी र गाउँपालिका अध्यक्ष लम्सालले संयुक्त रुपमा सो भवन उद्घाटन गरेका थिए । सो वडा कार्यालयबाट त्यस भेगका ६०० भन्दा बढी स्थानीयवासीलाई सेवा लिन सहज हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार ००:००