६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मीपुर पतारी गाउँपालिकाको नाम परिवर्तन



२५ माघ, लहान ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिए ।

यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ ।
रासस

प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार ००:००