१२ वैशाख, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न महत्वाकांक्षी निर्णयसहित गाउँपालिकाका लागि अत्यावश्यक १४ वटा विधेयक एकैपटक पारित गरेको छ । दुई दिनसम्म चलेको दोस्रो गाउँसभा तथा पहिलो हिउँदे अधिवेशनले बुधबार गाउँपालिकाका लागि अत्यावश्यक रहेका १४ वटा विधेयकहरु पारित गरेको हो । गाउँ सभाले प्रशासनिक, प्राविधिक कर्मचारी व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, आधार तथा माध्यमिक शिक्षा…