५ वैशाख, रुपन्देही । बुटवल उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रमाणीकरण भएका २६ वटा कानून राजपत्रमा प्रकाशन गरी आज सार्वजनिक गरेका हुन् । कार्य सम्पादन नियमावली–२०७४, नगरसभा सञ्चालन कार्यविधि–२०७४, निर्माण व्यवसाय ऐन–२०७४, न्यायिक कार्यविधि–२०७४, फोहोरमैला व्यवस्थापन ऐन–२०७४ लगायत छन् । उपमहानगरपालिकाका…