५ वैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत ८ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । साबिकको हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउप्रान्त योजना निर्माणका काममा बाधा…