७ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै



१२ वैशाख, इनरुवा ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफैँ समाधान गरौँ भन्ने मूलनाराका साथ ५ महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिए ।

मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट भएको मेहताले बताए । गाउँमा सर्वसुलभ र सबैको पहुँचका लागि गाउँमा मेलमिलाप केन्द्र प्रभावकारी बनेको मेलमिलाप केन्द्र, देवानगञ्ज गाउँपालिकाका संयोजक रामेश्वर मेहताले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००