२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरका सबै वडामा आश्रय निर्माण गरिने



 

१२ बैशाख, भोजपुर । भोजपुरका सबै वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहमै स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी काम गर्ने निर्णय गरेको छ ।

स्थानीय तहले सुरक्षाकर्मी रेडक्रसलगायतसँग समन्वय गरेर विपद् व्यवस्थापनको आवश्यकीय सामग्री स्टक राख्नुपर्ने समेत निर्णय गरेको छ ।

प्राकृतिक रुपमा घट्न सक्ने विपत्तिबाट व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए । २ नगरपालिकासहित ७ गाउँपालिका रहेको भोजपुरमा ८१ वडा छन् । रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ००:००