राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक बिबरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाण पत्र हो । वैयक्तिक बिबरणमा व्यक्तिको नाम, थर, ठेगाना, जन्ममिति, बुवा, आमा, पति, पत्नी, बाजे, बज्यैको नाम तथा अन्य त्यस्तै व्यक्तिगत बिबरण हुन्छ । बायोमेट्रिक भनिने जैविक बिबरणमा व्यक्तिको दश औंलाको विद्युतीय छाप, आँखाको नानी र हस्ताक्षर हुन्छन्…