७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पनौतीमा नगरपालिकामा ६० बर्ष मुनीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता



काभ्रे । संघीय सरकारले बृद्धबृद्धा, अपाङ्गता भएका, ६० बर्ष पुगेका एकल महिला गरि ८ किसिमका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

पनौती नगरपालिकाले भने संघीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमले समेट्न नसकेका ६० बर्ष मुनीका एकल महिलाहरूलाई भत्ता दिईरहेको छ । संघीय सरकारले दिने भत्ता एकल महिला ६० बर्ष पुगे पछि मात्रै पाउने व्यवस्था छ ।

३५ वर्ष उमेर पुरा भई ६० वर्ष पुगेका अविवाहित, सम्वन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान वेपत्ता भएका १ सय ९१ जना महिलालाई मासिक १ हजार रुपैयाँका दरले भत्ता दिइरहेको छ । ६० वर्ष पुगेका एकल महिलालाई संघीय सरकारले मासिक रुपैयाँ भत्ता दिँदै आएको छ ।

नगरपालिकाले एकल महिलाहरूका लागी सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७५ जारी गरेको थियो ।

‘पछिल्लो समय विवाह नगरी बस्ने महिलाको संख्या धेरै छ । पारिवारिक वेमेलका कारण सम्वन्ध विच्छेद गर्ने महिलाहरुको संख्या पनि थपिएको छ । केहीको पति बेपत्ता छन्,” नगर प्रमुख भीम न्यौपाने भन्छन्, “आय आर्जनको अवस्था कमजोर भएको ३५ देखि ६० बर्ष समुहका एकल महिलाहरूलाई जिवन निर्वाह सहज बनाउन भत्ता दिँदै आएका छौँ ।”

संघको सामाजिक सुरक्षा भत्ता कार्यक्रमले समेट्न नसकेको समुहलाई भत्ता दिने पनौती नगरपालिका काभ्रेकै एक मात्र स्थानीय तह हो । अरू जिल्लाका कतिपय स्थानीय तहले थप भत्ता दिए पनि संघसँग दोहोरोपना हुने, लक्षित बर्ग सबैलाई समेट्न नसक्नेजसता समस्या देखिएका छन् ।

यसबाहेक पनौतीमा संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता लिने लाग्राहीको संख्या ४ हजार ४२४ छ ।

जसमध्ये ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक २ हजार १७९, दलित जेष्ठ नागरिक १ सय ३, एकल महिला जेष्ठ नागरिक ७ सय १३, बिधवा ८ सय ९९, पूर्ण अपाङ्गता भएका १ सय ८९, अति अशक्त अपाङ्गता भएका १ सय ४३, दलित बालबालिका १ सय ९८ जना छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार ००:००