१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहहरूमा प्रभावकारी बन्दैछ, एमआईएस सेवा इकाई



मकवानपुर । थाहा नगरपालिकामा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको विषयमा बुझ्न कहाँ जानु पर्छ भन्ने कुरा नागरिकहरू जानकार छन् ।

घटना घटेको ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यू, बसाइसराई, विवाह र सम्बन्ध विच्छेद) वडामा गएर गर्न उनीहरूलाई कसैले सम्झाईराख्नु पर्दैन ।

घटना दर्ता गर्दा त्रुटि नै नगर्न सचेत छन् भने भइहाले के गर्ने भन्ने विषयमा छलफल गर्न पालिका पुग्छन् । पालिकामा घटना दर्ता र सामाजिक सुरक्षालाई व्यवस्थित गर्न सुरूबाटै शाखा छुट्याइएको छ ।

शाखासँगै यहि काम गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थाहा नगरपालिकामा एमआईएस सेवा इकाईको स्थापना गरेको छ ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनमा आएसंगै थाहा नगरपलिका लगायत देशभरका सबै स्थानीय तहले इकाई स्थापना गरेका छन् ।

हरेक स्थानीय तहमा एमआईएस सेवा इकाई स्थापनाले पालिकालाई घटना दर्ता र सामाजिक सुरक्षामा निकै सहजता ल्याएको मकवानपुर थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे बताउँछन् ।

व्यक्तिको जन्मदेखि मृत्युसम्मको क्रियाकलापको तथ्याङ्क व्यवस्थापन र घटना दर्तासम्बन्धी सेवा प्रवाह इकाईबाट भइरहेको घिमिरेले जानकारी दिए ।

इकाईको कार्यसम्पदनले प्रणाली सञ्चालन र तथ्यांक व्यवस्थापनमा सहजता भएका घिमिरेले बताउँछन् । पालिकाहरूको नयाँ संरचनासँगै शाखा व्यवस्थापनमा समेत कठिनाई भइरहेकेमा नागरिकसँग प्रत्यक्ष सारोकार राख्ने एमआईएस इकाईले वडा र पालिका दुवैलाई सहज भएको घिमिरेको भनाइ छ ।

मकवानपुरको बागमती गाउँपालिकामा अझै पनि सामाजिक सुरक्षा र पञ्जीकरण शाखा स्थापना भएकै छैन ।

पालिका भरीको घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी कामकाज एमआईएस सेवा इकाइकै भरमा सञ्चालन भइरहेको प्रशासन शाखाका धिरज स्याङ्तानले बताए ।

पालिकामा इन्टरनेटका साथै बिजुली समेत नभएको वडाहरू भएको बताउँदै स्याङ्तानले पञ्जीकरण शाखाकै जिम्मा इकाईले सञ्चालन गर्दै आएको बताए ।

मकवानपुरकै इन्द्रसरोवर गाउँपालिकामा पनि एमआईएस सेवा इकाईलाई नै पञ्जीकरण र सामाजिक सुरक्षा शाखाको जिम्मेवारी दिइएको एमआईएस अपरेटर मञ्जरी बलामीले बताइन् ।

सेवा इकाई स्थापना पश्चात् घटना दर्ता र सामाजिक सुरक्षा लाभग्राहीको तथ्यांक व्यवस्थापनमा पालिकाले सहज महशुस गरेको बलामीको भनाइ छ ।

पालिकामा आयोजना कार्यान्वयन स्थानीय समन्वय समिति पनि सक्रिय रहेको बताउँदै पालिका अध्यक्ष जीवन लामाले भने, “जनशक्ति अभाव हुँदासमेत आयोजनामार्फत स्थापना भएको इकाईको कामप्रति सन्तुष्ट छौं ।”

मकवानपुरको थाहा नगरपालिकाले वडा कार्यालयमा हुने घटना दर्ताको सूचना फारम पालिकामा ल्याएर व्यवस्थित गर्दै आइरहेको छ ।

“साविक जिल्ला विकास समिति हुँदा सूचना फारम त्यहीँ बुझाउनु पर्थ्याे । अहिले तथ्यांक सुरक्षित गर्नका लागि यो अभ्यास पालिकाले थालेको हो,” पालिकाका पञ्जीककरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज कुमार भुजेलले भने ।

एमआईएस फिल्ड सहायक अच्युत विडारी भन्छन्, “तीन÷तीन महिनामा वडा कार्यालयहरूबाट सूचना फारम संकलन गरेर ल्याउने तालिका नै छ ।”

एमआईएस सेवा इकाईका अन्य कार्यक्रमहरूको साथमा तथ्यांक व्यवस्थापन, सार्वजनिकीकरण र घटना दर्ता सम्बन्धी कानूनी र प्राविधिक सवालहरूमा सहजीकरण भएपछि वडा कार्यालयहरूमा पनि काम गर्न सहज भएको विडारी बताउँछन् ।

कानूनअनुसार नागरिकको घटना दर्ताका लागि स्थानीय तहहरूको वडास्तरमा स्थानीय पञ्जिकाधिकारीको कार्यालय स्थापना भइसकेको छ ।

पञ्जीकरण सम्बन्धी सबै कार्य वडा सचिवले नै सम्हाल्दै आएका छन् । सन् २०२४ सम्म सबै प्रकारका घटना दर्ता शत्प्रतिशत पु¥याउने नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार सेवा इकाई स्थापना गरिएको हो ।

वि.सं.२०६८ सालको जनगणना अनुसार नेपालमा ६४ प्रतिशत घटना मात्र समयमा दर्ता हुने गरेका छन् । यो प्रतिशतलाई बढाउनका लागि पालिकाहरमा सथापना गरिएको सेवा इकाई प्रभावकारी हुने विश्वास लिइएको छ ।

सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ताको विस्तार गर्ने र सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा सुधार ल्याउने आयोजनाको मूल उद्देश्य रहेको छ ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, आधुनिक प्रविधिमा आधारित र जनताको पहुँच तथा सहभागितालाई सुनिश्चित गर्न प्रणालीगत सुधारका कार्यक्रमहरू कार्यान्वयनमा इकाईले मद्दत गरिरहेको मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी बनाई लाभग्राहीको पहँुच विस्तारमा इकाईको सहयोग रहेको अध्यक्ष लामाको भनाइ छ ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत दर्ता प्रणाली सुदृढीकरण आयोजना संचालन निर्देशिका अनुसार पालिकाहरुको पञ्जीकरण र सामाजिक सुरक्षालाई व्यवस्थापन तथा सहजीकरण गर्न समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

पालिकाको प्रमुख वा उपप्रमुखको अध्यक्षतामा समन्वय समिति गठन हुने व्यवस्थाबमोजिम थाहा नगरपालिकामा गठन र सञ्चालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।

गठित समितिले पालिकाको घटना दर्ता तथा पञ्जीकरणसम्बन्धी कार्यमा सहजीकरण गर्ने गरेको समन्वय समितिका सदस्य सचिवसमेत रहेका पुरी बताउँछन् ।

समन्वय समितिले स्थानीय तहमा व्यक्तिगत घटना दर्ता प्रणालीलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सहजीकरण गराउने कार्यमा प्रोत्साहन गरिरहेको थाहा नगरपालिकाका एमआईएस अपरेटर रुपक कार्की बताउँछन् ।

थाहा नगरपालिकाले घटना दर्ता शिविर सञ्चालन गरिसकेको बताउँदै घटना दर्ता शिविर सञ्चालनको लागि सहजीकरण तथा जनसहभागिता प्रवद्र्घनमा समन्वय समितिको सहयोग उल्लेख्य रहेको कार्कीले बताए ।

यस्तै पालिकाहरूमा आयोजनाअन्तर्गत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरणका लागि संघबाटै सशर्त बजेट प्राप्त भई कार्य संचालन गर्नु उपलब्धीमूलक भएको कार्की भनाई छ ।

व्यक्तिगत घटना दर्ता किताबको डिजिटाईजेशन तथा व्यक्तिगत घटना दर्ता विवरण संकलन गर्ने क्रममा स्थानीय तहमा समस्या देखिएमा समाधान गर्नमा पनि समितिले सहयोग गरेको थाहा नगरपालिकाका अर्का एमआईएस अपरेटर लक्ष्मण कण्डेलले बताए ।

कण्डेलले भने, “हामीले त डिजिटाइजेशनको काम सक्यौं । यो अभियानमा समितिले गरेको समन्वयले निकै सहज भयो । यसबाट डिजिटाइजेशन हुन बाँकी अरू स्थानीय तहहरूले पनि सिक्नु पर्छ ।”

यसैगरि प्रत्येक वडामा पनि गुनासो सुनुवाई समिति गठन भइसकेको बताउँदै नागरिकले गुनासो अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार ००:००