१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधी, कर्मचारी, बैंक र प्रहरीको समन्वयमा किस्पाङ गाउँपालिकाको घर घरमा भत्ता



काठमाडौं । पछिल्लो समय बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न थाले पछि बृद्धबृद्धा, बालबालिका र अपाङ्गता भएका लाभग्राहीहरूले गुनासो गरिरहेका छन् । यसअघि घरमै पाइरहेको भत्ता थाप्न बैंकसम्म धाउनु परे पछि गुनासो आउनु स्वभाविक हो ।

यसअघि पनि लाभग्राहीलाई सास्ती हुने भन्दै धेरै गाउँपालिका र नगरपालिकाले बैंकबाट भत्ता बितरण गर्न मानिरहेका थिएनन् । अहिले बैंकमार्फत भत्ता बाँड्न थालेका कतिपय गाउँपालिका र नगरपालिका लाभग्राहीको सास्ती कसरी हटाउने भनेर अन्योल देखिन्छन् ।

यस्तै अन्योल छाइरहेको बेला थोरै खर्चमा सरल तरिकाले लाभग्राहीलाई घर–घरमा भत्ता पुर्याइरहेका छन्, नुवाकोटको किस्पाङ गाउँपालिकाले । साढे २ बर्ष अघिदेखि बैंकमार्फत भत्ता बाँड्न सुरू गरेको किस्पाङमा अहिले सबै लाभग्राहीले बैंकमार्फत भत्ता बुझ्छन् ।

तर लाभग्राहीहरू बैंकसम्म पुग्नै पर्दैन । गाउँपालिकाले बैंक र प्रहरीसँग समन्वय गरेर घर–घरमा भत्ता पुर्याइरहेको छ ।

बैंकले आफ्नो कर्मचारीलाई भत्ताको रकम निकासा दिएर पठाउँछ । प्रहरीले सुरक्षा दिन्छ भने गाउँपालिकाको पञ्जीकरण शाखाको कर्मचारीले लाभग्राही प्रमाणित गर्छ । त्यसपछि जनप्रतिनिधी वा कर्मचारीमार्फत भत्ता बितरण हुन्छ ।

गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले आवश्यकता अनुसार आफैँ पनि भत्ता बितरण गर्दा घर–घरमा पुग्ने बताए ।

“गाउँपालिकाले गाडीको व्यवस्था गरेको हुन्छ र पञ्जीकरण शाखाको कर्मचारी पनि पठाउँछ । बैंकले भत्ताको रकम कर्मचारीलाई दिएर पठाउँछ । प्रहरीले सुरक्षा दिन्छ,” लामाले भने, “आवश्यकता अनुसार कहिलकाँही म आफैँ पनि भत्ता बाँड्न घरहरूमा पुग्छु । गुनासो सुन्छु । वडाका जनप्रतिनिधी साथीहरू पनि जानुहुन्छ ।”

गाउँपालिकामा दुर्गम बस्तीहरू पनि छन् । गाउँपालिकाले दुर्गमसहित सुगम बस्तीहरूमा पनि भत्ता पुर्याउँदै आएको छ ।

यसअघि गाउँपालिकाले लाभग्राहीको परिवारका सदस्य वा आफन्तबाट भत्ता निकाल्न मिल्ने व्यवस्था गरेको थियो । तर दुरुपयोग हुनसक्ने भन्दै गाउँपालिकाले उक्त व्यवस्था हटाएर सम्बन्धित लाभग्राहीलाई भत्ता दिँदै आएको छ । अध्यक्ष लामाले आफूहरू निर्वाचित भएलगत्तै बैंकबाट भत्ता बितरण गर्ने निर्णय गरेका थिए ।

तर बैंक स्थापनमा, कर्मचारी व्यवस्थापनजस्ता प्रकृयाले साढे २ बर्ष अघिदेखि बैंकबाट भत्ता बितरण हुन थालेको हो १ हजार ७३४ सय लाभग्राही रहेको किस्पाङमा शत प्रतिशतले बैंकबाट भत्ता लिरहेका छन् ।

“हामी निर्वाचित हुनेबित्तिकै बैंकबाट भत्ता बितरण गर्ने भनेर कार्यपालिकाबाट प्रस्ताव पारित गर्यौँ । तर पूर्वाधार तथा कर्मचारी अभाव लगायतका धेरै समस्याले अलि ढिलो गरि बैंकबाट बितरण गर्न थाल्यौँ,” लामाले भने, “बैंकमार्फत बाँड्न थाले पछि भत्ता लिने लाभग्राहीको संख्या स्वाट्टै घट्यो । सुशासन कायम भएकोमा खुशी लाग्छ ।”

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ००:००