रामपुर, पाल्पा । जिल्लाकै दुर्गम क्षेत्र मानिने अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । तात्कालिन जिविस, गाविस, जनश्रमदानलगायतका…