१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा एक्काइस सय कर्मचारी खटिने



२८ कात्तिक, दमौली ।
यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तनहुँमा दुई हजार १०० कर्मचारी खटिने भएका छन् ।

निजामती कर्मचारी, संस्थान र समितिका कर्मचारीका साथै सामुदायिक विद्यालयका शिक्षक गरी ती कर्मचारी चुनावमा खटिने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ ।

चुनावका लागि आवश्यक कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले बताए । अधिकृतले केन्द्रमा गएर समेत कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।

तनहुँमा १३६ स्थानमा २६५ वटा मतदान केन्द्र रहेका छन् । सोही मतदान केन्द्रबाट दुई लाख ११ हजार ३९६ जना मतदाताले मतदान गर्ने बताइएको छ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००