७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा चुनावी अभियान तीव्र



२७ कात्तिक, डडेल्धुरा ।
डडेल्धुरामा चुनावी अभियान तीव्र पारिएको छ । जिल्लामा नेपाली कांग्रेस, वाम गठबन्धन, राप्रपा, नयाँ शक्ति पार्टी लगायतका दलले चुनावी अभियान तीव्र पारेका छन् ।

कांग्रेसले परशुराम नगरपालिकाबाट चुनावी अभियान थालनी गरी अजयमेरु गाउँपालिकाको चिपुर देवल, भागेश्वर गाउँपालिकाको रुपाल र वगरकोटमा सम्पन्न गरेको छ । वाम गठबन्धनले अजयमेरु, नवदुर्गा, भागेश्वरमा भेला सम्पन्न गरेको छ । उनीहरुले घरदैलो कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा मत हाल्न अनुरोध गरिरहेका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

प्रदेशसभा ‘क’ मा कांग्रेसबाट रघुवर भट्ट र ख मा कर्ण मल्ल उम्मेदवार छन् भने वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमाले पठानसिंह बोहरा र ‘ख’ मा एमालेकै डा तारा जोशी उम्मेदवार रहेका छन् ।

“अबको लडाइँ गरिबी, बेरोजगारी, अशिक्षा र विकासका लागि नै हो,” प्रदेशसभा ‘क’ का कांग्रेस उम्मेदवार भट्टले भने । विसं २००७ देखि हालसम्म देशलाई सही दिशामा ल्याउने हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेकाले आफ्नो पार्टीलाई विजयी गराउन उनले आग्रह गरे ।

जिल्लाको बेराजगारी र विकास निर्माणको कामलाई अगाडि बढाउने योजना सहित प्रचारप्रसार थालेको वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा जाशीले बताए । “जिल्लाको समृद्धि वाम गठबन्धनका उम्मेदवार जिताए मात्र सम्भव छ,” उनले भने ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ००:००