६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र सार्वजनिक



२७ कात्तिक, पाल्पा ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता संयोजन समिति, पाल्पाले सामाजिक न्यायसहितको आर्थिक समृद्धिका योजना समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ ।

वाम गठबन्धनको घोषणापत्र मस्यौदा समितिका संयोजक झपेन्द्र जिसीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद स्थापना गर्ने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रका निम्ति लामो संघर्ष गरेका मुख्य कम्युनिस्ट शक्तिहरूबीचको तालमेलले ल्याएको यो प्रतिबद्धतापत्रले पाल्पाको विकास र समृद्धि हासिल गर्ने मार्गचित्र देखाएको बताए ।

नेकपा एमालेका नेता धनेन्द्रराज घिमिरेले वाम गठबन्धनले बहुमतको सरकार निर्माण गरी मुलुक र जिल्लाको विकासमा कायापलट गरी देखाउने बताए । उनले घोषणापत्र बनाउनका लागि होइन, काम गर्ने योजनाका लागि बनाइएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले घोषणापत्रअनुसार भविष्यमा पनि काम गर्न सुझाव दिए ।

वाम गठबन्धनले सिद्धबाबा वैकल्पिक सडक, ‘एक घर एक धारा’ कालीगण्डकी लिफ्ट खानेपानी, अन्तरजिल्ला जोड्ने उत्तर—दक्षिण सडक, पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशको संग्रहालय स्थापना, पाल्पालाई पर्यटनको केन्द्र बनाउने लगायतका योजना समेटिएको मस्यौदा समितिका सदस्य मथुरा ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ००:००