३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विज्ञापनकाे बोर्ड हटाउन महानगर प्रमुख शाक्यकाे निर्देशन



स्थानीय खबर संवाददाता
कात्तिक २६ काठमाडौं 

काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले नियमविपरित राखिएको विज्ञापनका बोर्डहरू हटाउन निर्देशन दिएका छन् । आईतबार पत्रकारहरूसँग अन्तरकृया गर्ने क्रममा विभागीय प्रमुखहरूलाई शाक्यले निर्देशन दिएका हुन् ।

समन्वय अभावमा महानगरले सडकलगायतका पूर्वाधार निर्माण गरि नसक्दै भत्काउने क्रम नरोकिएको उनले बताए । “अन्य सरकारी निकायहरूसँगको समन्व्य अभावमा महानगरले बनाइ नसक्दै सडक भत्काउने काम भइरहेको छ,” शाक्यले भने, “अब महानगरपालिकालाई कार्यतालिका सहित जानकारी दिनु पर्ने निर्णय गरेका छौं ।”

सरसफाईलाई प्रभावकारी बनाउन पहिला टुँडिखेल, रत्नपार्क, बसपार्क क्षेत्रको सरसफाई गर्ने उनले बताए । सडकआसपासका खाली जग्गामा फूल रोप्ने कामलाई अभियानकै रुपमा अगाडी बढाउने उनले बताए ।

“फूल रोप्न नीजिक्षेत्र पनि तयार छन् । समुदायले नै रोप्न चहान्छन् भने पनि महानगर तयार छ,” शाक्यले भने, “महानगरले पानी उपलब्ध गराउनु पर्ने छ । छाडा चौपाय र फूल टिपिहाल्ने मानवीय प्रवृत्ति केही चुनौतिका रुपमा देखिएको छ ।” साथै महानगरपालिकाले ३० ठाउँमा आइल्याण्ड निर्माण गरिरहेको छ ।

ट्राफिकले टेरेन

ट्राफिक कार्यालयले सहयोग नगर्दा जामको समस्या बिकराल बन्दै गएको शाक्ले टिप्पणी गरे । “एउटै सडकमा तीन तहसम्म गाडी पार्किङ गरिएको छ,” उनले भने, “तर हामीले ट्राफिक कार्यालयलाई अनुरोध गर्दा कुनै काम भएको छैन ।” अन्य विद्युत प्राधिकरण, टेलिकमजस्ता अन्य सरकारी निकायसँग समन्वय गर्न महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको संयोजकतवमा समन्वय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००