११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ मा मधेस सरकार बन्ने विश्वास



२६ कात्तिक, महोत्तरी ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।

गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवासमा पत्रकारसंग कुरा गर्दै महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपालविना बन्न नसक्ने ठोकुवा गरे ।

अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा उनले राखे ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००