७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८ जिल्लाको स्थानीय तह पुर्नसंरचना प्रस्ताव अस्वीकृत



स्थानीय खबर संवाददाता 
काठमाडौं, ६ असोज 
स्थानीय तहको संख्या तोकिएभन्दा बढी सिफारिस गरेपछि ८ जिल्लाका स्थानीय तहको पुर्नसंरचना प्रस्ताव अस्वीकृत भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगका अनुसार डोल्पा, जुम्ला कालिकोट, डोटी, बझाङ, सुनसरी, अछाम र ललितपूरको प्रस्ताव फिर्ता पठाएको छ । 
“यी आठ जिल्लाहरूले दिएको संख्याभन्दा बढी स्थानीय तह बनाउन सिफारिस गरेका छन्,” आयोगका सदस्य सुनिलरञ्जन सिंहले भने, “आयोगले तोकेकै संख्या र मापदण्डका आधारमा स्थानीय तह तोक्न सम्बन्धित जिविसहरूलाई प्रस्ताव फिर्ता गरेका छौं ।”
उनका अनुसार आयोगले डोल्पामा ६ वटा स्थानीय तह निर्धारण गरे पनि ७ वटा बनाउनु पर्ने प्रस्ताव गरेको थियो । यसैगरि जुम्लाले ७ वटा स्थानीय तह गठन गर्नु पर्नेमा ८ वटा प्रस्ताव गरेको थियो । अछाममा ७ वटा स्थानीय तह बनाउनु पर्नेमा ११ वटाको प्रस्ताव गरिएको थियो । यसैगरि आयोगले ललितपूरमा ६ वटा स्थानीय तह तोकोको थियो । तर ललितरबाट ८ वटा बनाउन प्रस्ताव आएको थयो । 
“कुनै अपवाद रहेछ भने त्यसलाई स्वीर्कान सकिन्छ । तर

दलीय विवाद र विनाआधारको असन्तुष्टिका भरमा संख्या बढाउन जरुरी छैन,” उनले भने, “चित्त बुझ्दो प्रस्ताव नआए आयोगले तोकेकै संख्यामा स्थानीय तह तोक्न सम्बन्धित जिल्लालाई नै प्रस्ताव फिर्ता गरिरहेका छौं । अहिलेसम्म ८ जिल्लाको फाईल फिर्ता पठाइसकेको छ ।”

जिल्लामा स्थानीय विकास अधिकारी (एलडीओ) को संयोजकत्वमा रहेको प्राविधिक समितिले आयोगले तोकेको संख्या र मापदण्डका आधारमा पुर्नसंरचना प्रस्ताव तयार पारिरहेको छ । विहिबारसम्म ४४ जिल्लाले आयोगलाई प्रतिवेदन बुझाइ सकेका छन् । 

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार ००:००