१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकरपुरा बालविवाह मुक्त वडा घोषणा



२५ कात्तिक, राजविराज ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ सकरपुरालाई बालविवाह मुक्त वडा घोषणा गरेको छ ।

सेभ द चिल्ड्रेन सप्तरीले सञ्चालन गरेको स्पोन्सरसिप कार्यक्रम अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ साविकको सकरपुरा गाविस १ लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धता जनाएर यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको गाउँवाल संरक्षण समितिका संयोजक मोहित चौधरीले बताए ।

जिल्लाको तिलाठी कोइलाडीस्थित सकरपुराको उग्रतारा माँ भगवती मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच सेभ द चिल्ड्रेनका किशोर–किशोरी विकास कार्यक्रम संयोजक रत्ना थापाले दुई वर्षको अवधिमा यस सकरपुरामा कुनै बालविवाह नभएको भन्दै यस वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका वडाध्यक्ष मनोज चौधरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला बाल कल्याण समितिका खडकनारायण चौधरी, वडा सचिव जगदीश यादव, भूतपूर्व गाविस सकरपुराका अध्यक्ष राजान्न चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादव, सकरपुरा हेल्थपोष्टका प्रमुख धीरेन्द्र यादव, सेभ द चिल्ड्रेनका धीरेन्द्र जोशी, सेभ द सप्तरीका कार्यक्रम अधिकृत घुरण यादव र सामाजिक परिचालक जितेन्द्र देवलगायतले बालविवाहलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा सकरपुराका बालबालिकाले नृत्य, गीत प्रस्तुत गरेका थिए । यसअघि २०७३ साल पुस महिनामा सप्तरीको छिन्नमस्ता गाविसको वडा नं ४ गोविन्दपुर हाल छिन्नमस्ता गाउँपालिकालाई जिल्लामै पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००