७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा”



२४ कात्तिक, दुनै— डोल्पा । हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । सदरमुकाम दुनैमा आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक कार्यक्रममा सो जानकारी गराइएको हो ।

विगत चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लापा का जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीयस्तरबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए ।

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले भने “पृथ्वीमा बढिरहेको तापमानले जलवायु परिवर्तनमा ठूलो असर पारिरहेको छ, यसप्रति समयमै नसोच्ने हो भने यसले भयावह अवस्था व्यहोर्नुपर्छ,” ।

उक्त कार्यक्रममा जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाए । पहिलोचरणमा साविकका लिकु, रह, काइगउँ, लावन र सहरतारा गाविसमा लापाले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको जिल्ला संयोजक खनालले जानकारी दिए ।

चार वर्षदेखि डोल्पाका पाँचवटा गाविसमा सञ्चालन गरिएको उक्त उक्त कार्यक्रम अन्तर्गत पानी घट्ट निर्माण, सुधारिएको चुलो वितरण, वृक्षारोपण, नहर सुधार, नर्सरी निर्माण जस्ता कार्यक्रम गरिएको लापाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ००:००