१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा कार्यक्रम शुरु गर्यो



 

२४ कात्तिक, विराटनगर । आगामी दोस्रो चरणमा हुने संघीय संसद् एवं प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले कटहरी र बूढीगंगा गाउँपालिकाका निर्वाचन शिक्षा कार्यकर्तालाई एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कटहरी गाउँपालिकाका २८ र बूढीगंगा गाउँपालिकाका ३३ गरी जम्मा ६१ जना निर्वाचन शिक्षा कार्यकर्ता सहभागी भएको मतदाता शिक्षा जिल्ला समन्वयकर्ता तारादेवी शर्माले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति मोरङका सरोज गौतम, क्षेत्रीय निर्वाचन कार्यालयका लक्ष्मी पनेरु दाहाल र हेमन्तकुमार श्रीवास्तवले प्रशिक्षण दिए । प्रशिक्षित कार्यकर्तालार्इ निर्वाचन हुने मतदान केन्द्रमा खटाइने छ ।

यसैगरी कार्यालयले विराटनगर महानगरपालिकाका मतदान केन्द्रहरुमा खटिने निर्वाचन शिक्षा कार्यकर्ताका लागि बिहीबार एकदिने प्रशिक्षण आयोजना गरिएको छ । प्रशिक्षण कार्यक्रममा नगरक्षेत्रका १३२ जना सहभागी भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका नारायणकुमार बिष्ट, तीर्थ अधिकारी, मनमाया रिजाल लगायतले प्रशिक्षण दिएका छन् ।

बिहीबारबाट शुरु भएको प्रशिक्षणका क्रममा मोरङका ७५८ जना मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिइने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ००:००