१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्रका लागि कांग्रेसले जित्नुको विकल्प छैनः उपप्रम गच्छदार



 

२३ कात्तिक, इनरुवा । नेपाली कांग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन् ।

बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभामा बोल्दै गच्छदारले सो कुरा बताएका हुन् । गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि कांग्रेसको जित आवश्यक रहेको बताए ।

मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार ००:००