२२ कात्तिक, जाजरकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामग्री जाजरकोटमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामग्री र दुई लाख ८५ हजार मतपत्र जिल्ला पुगेको छ ।
जाजरकोटका लागि समानुपातिकतर्फ ९५ हजार, प्रत्यक्षतर्फ प्रतिनिधि सभाको ९५ हजार र प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा ५१ हजार र क्षेत्र नम्बर २ का लागि ४४ हजार मतपत्र हेलिकप्टरमार्फत जिल्ला पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । जिल्लामा ढिला गरी निर्वाचन सामग्री आएका कारण रोकिएको निर्वाचन शिक्षा कार्यक्रम जाजरकोटमा कात्तिक २४ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि उक्त निर्वाचन शिक्षा कार्यक्रम कात्तिक १५ गते गर्न तय गरिएको थियो ।
रासस
प्रतिक्रिया