१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनका उम्मेदवार जिताउन कास्कीमा युवा परिचालन समिति



 

२० कात्तिक, कास्की । एमाले निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिगले कास्कीमा युवा परिचाल कमिटी गठन गरेका छन् । वाम गठबन्धनको उम्मेदवारलाई जिताउन युवा परिचालन समिति गठन गरेका हुन् ।

दुवै संगठनले संयुक्त पत्रकार सम्मेलन गरी जिल्लाका प्रतिनिधिसभा तीन र प्रदेशसभाका छ वटै क्षेत्रका उम्मेदवारलाई विजयी बनाउन ११ सदस्यीय निर्देशक समन्वय समिति र ५ हजार एक युवा परिचालन कमिटी गठन गरिएको जानकारी दिएको छ । निर्वाचन परिचालन गर्न जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा संयुक्त युवा भेला राख्न मिति तय गरिएको युवा संघका अध्यक्ष विष्णु पुनले बताए ।

निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने र यसले देशमा राजनीतिक स्थायित्व कायम भई आर्थिक समृद्धि र विकास अघि बढ्ने योङ कम्युनिष्ट लिगका अध्यक्ष राम थापाले जिकिर गरे ।

यसैबीच वाम गठबन्धनका उम्मेदवारलाई जिताउन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले १ हजार २१२ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरेका छन् । रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००