१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री नगरको जापानका विज्ञटोलीद्वारा अनुगमन




नवलपरासी
, २० कात्तिक । नेपालकै पहिलो बालमैत्री नगर सुनवल नगरपालिका को जापानबाट आएको एक विज्ञ टोलीले अनुगमन गरेको छ ।

देशमै पहिलो बालमैत्री नगर घोषणा हुन सफल सुनवल नगरपालिकामा वर्तमान बालमैत्रीको अवस्था र यसको गतिविधिबारे पाँच सदस्सीय विज्ञको टोलीले अनुगमन गरेको हो ।

जापानको टोयो विश्वविद्यालयबाट आएको टोलीले आइतबार सुनवलमा अनुगमन गरेको थियो । सो क्रममा टोलीसंग छलफल गरी आगामी दिनमा नगरपालिकाको कार्य प्रगति र बालमैत्री स्थानीय शासनबारे थप प्रभावकारी बनाउने सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

छलफलका क्रममा नगरमा बालमैत्रीको अवस्था र बालमैत्रीका सूचकका विषयमा जानकारी, नगरपालिका बालक्षेत्रमा बनाइएको भावी योजना पनि सो टोलीलाई जानकारी गराइएको नगर प्रमुख थापाले बताए ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००