३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा तीन लाख ११ हजार मतदाता




कपिलवस्तु
, १७ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि कपिलवस्तुमा २३३ मतदानस्थल र ४१० मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तीन प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुनेछन् ।

जिल्लामा मतदाताको सङ्ख्या तीन लाख ११ हजार ७६० रहेको छ । कूल मतदातामध्ये महिला एकलाख ४२ हजार २९२ रहेका छन् भने दुईजना तेश्रोलिङ्गी पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिनिधि सभा मतदाता
कपिलबस्तुका क्षेत्र नं १ मा एक लाख १६ हजार ९३६, क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र क्षेत्र नं ३ मा ९२ हजार ४०३ मा मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ००:००