८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा करिव पाँच लाख मतदाता




इटहरी
, १५ कात्तिक । आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरी जिल्लाबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने भएका छन् ।

स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यस पटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट हुने सदस्यका लागि यस जिल्लाबाट दुई लाख ४७ हजार ८३६ महिला र दुई लाख २६ हजार ९९५ पुरुषले मतदानमा भाग लिने भएका छन् ।

चारवटा क्षेत्रबाट चार प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्यका लागि हुने यस जिल्लाको निर्वाचनका लागि १६६ मतदान केन्दमा ५२७ वटा मतदान स्थल तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००