१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरबाट विद्यालय भवनका लागि चार लाख




काठमाडौँ
, १२ कात्तिक । काठमाडौँ महानगरपालिकाले बाफलस्थित बाढी प्रभावित ज्ञानोदय माविको भवन निर्माणका लागि चार लाख दिने भएको छ ।

विद्यालयमा राधाकृष्ण प्रतिभा पुरस्कारसहित विभिन्न पुरस्कारबाट विद्यालयका मेधावी छात्रछात्रालाई पुरस्कृत गर्न शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालयको नयाँ भवनका लागि चार लाख दिने प्रक्रिया शुरु भएको र अन्य सहयोगका लागि पनि आफूहरु तयार रहेको बताए ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ मा सफल विद्यार्थीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा १५ हजार पाँचको राधाकृष्ण प्रतिभा पुरस्कार छात्रतर्फ ओमप्रकाश शर्मा र छात्रातर्फ रञ्जु अधिकारीलाई प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधाकृष्ण शर्मा पराजुलीका नाममा सो पुरस्कार स्थापना भएको हो । यस्तै ज्ञानोदय प्रतिभा पुरस्कार विज्ञान संकायका गगन पोखरेल र नेहा गुप्तालाई प्रदान गरियो । विद्यालयका प्रअ नातिकाजी महर्जनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै बाढीबाट प्रभावित विद्यालय भवन बनाउन प्रारम्भ गरिने बताए ।

उपत्यकामा सामुदायिकतर्फ राम्रो नतिजा ल्याउनेमा पर्ने सो विद्यालयबाट गत वर्ष १८६ विद्यार्थी एसइइ परीक्षामा सफल भएका थिए । त्यसमा ४९ जना ‘ए’ प्लस ग्रेडमा आएका थिए ।

उनीहरुलाई जनही दुई हजार पुरस्कार दिइयो । हाल विद्यालयमा दुई हजार दुई सय विद्यार्थी रहेको शिक्षक गोवन्दप्रसाद भण्डारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार ००:००