३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाल्गुनन्द गाउँपालिकाको बजेट २९ करोड १७ लाख




पाँचथर
, ९ कात्तिक । फाल्गुनन्द गाउँपालिकाको पहिलो गाउँसभा २९ करोड १७ लाख २९ हजार बजेट पारित गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म गाउँपालिकाको कार्यालय घुर्बिसे पञ्चमी बजारमा सञ्चालन भएको गाउँसभाले १६ बुँदे नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र चालु आर्थिक बर्ष २०७४/७५ को अनुमानित आय व्ययसहितको बजेट गाउँसभाबाट पारित भएको छ ।

गाउँपालिकाले सरकारबाट प्राप्त गरेको सशर्त अनुदान ११ करोड ४८ लाख ६० हजार, निशर्त अनुदान १६ करोड ७९ लाख ७९ हजार तथा आन्तरिक स्रोत समेत पहिचान गरी कार्यक्रम तयार गरिएको गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङले बताए ।

गाउँपालिकाले आफ्नो आन्तरिक आय २० लाख ९० हजार अनुमान गरेको छ । सात वटा वडा रहेको सो गाउँपालिकाले जनसंख्या र भूगोलका आधारमा विभिन्न वडालाई रकम विनियोजन गरेको छ । गाउँपालिकाले चालू खर्चतर्फ चार करोड ७५ लाख रकम विनियोजन गरेको छ ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००