१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कार्यान्वयनमा समस्या




रामपुर
— पाल्पा, ९ कात्तिक । चालु आर्थिक वर्षको तीन कहिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतका कार्यालयमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा सञ्चालित योजना अलपत्र परेका हुन् ।

विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण कार्यालयमा कार्यरत प्राविधिकको हाजिरी गर्ने काम मात्र भएको सम्बद्ध प्राविधिक बताउँछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्यका अनुसार साना ठूला, नयाँ पुराना गरी एक सयभन्दा बढी योजना छन् ।

“विगतका वर्षमा यतिखेर उपभोक्ता समिति गठन गरी पहिलो किस्ता रकम निकाशा गर्ने समय हुन्थ्यो तर यस वर्ष विभाग, मन्त्रालयबाटै विनियोजित रकमको अख्तियारी नआउँदा समयमै योजना सम्पन्न हुँदैन, अन्त्यमा रकम फ्रिज हुने अवस्था हुन्छ”, प्रमुख शाक्यले भने ।

जिल्लामा विभिन्न योजनाका लागि १० करोडभन्दा बढी रकम विनियोजित भएको छ । जिल्लामा यतिखेर पाँच लाखदेखि तीन करोडसम्मका बहुवर्षीय योजना छन् । तर अहिलेसम्म खर्च गर्ने रकमको अख्तियारी आएको छैन । यस विषयमा पटक–पटक विभाग मन्त्रालयलाई लिखित मौखिक जानकारी गराए पनि कार्यान्वयन तहमा नपुगेको सम्बद्ध प्राविधिक बताउँछन् ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००