१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटो बेचेर करोडौँ आम्दानी गर्छन् सामुदायिक वन




रोल्पा
, ७ कात्तिक । सामुदायिक वनमा रहेको खोटो रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारको आम्दानीको राम्रो स्रोत बनेको छ ।

जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ ।

गत आर्थिक बर्षमा जिल्लाबाट निकासी भएको २५ लाख ९२ हजार ४८ किलोग्राम खोटो बिक्री भएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहको खातामा २ करोड ६० लाख ४१ हजार ४९ जम्मा हुनाका साथै जिल्ला समन्वय समितिमा प्रतिकिलो ८० पैसाका दरले २० लाख ७३ हजार ६३८ राजश्वबापत बुझाइएको जिल्ला वन कार्यालयले जनाएको छ । मूल्य अभिवृद्धि करस्वरूप खोटो कम्पनीबाट ३३ लाख ८५ हजार ३३९ समेत जम्मा भएको उक्त कार्यालयले जानाएको छ ।

जिल्लामा छ वटा रोजिन एण्ड टर्पेन्टाइन उद्योगले सन २०१६ मा खोटो संकलनको काम गर्दै आएकाले गरेकासामुदायिक वन उपभोक्ता समूहको आम्दानीको राम्रो स्रोत बन्नुका साथै संकलित खोटो बिक्रीबाट स्थानीयलाई रोजगारीको माध्यम पनि बन्दै आएको जिल्ला वन अधिकृत भीम कालीकोटेले जानकारी दिए ।

जिल्लामा हस्तान्तरण भएका ६२५ सामुदायिक वन उपभोक्ता समूहमध्ये २०५ सामुदायिक वनबाट खोटो संकलनको काम भइरहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार ००:००