७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यादी प्रहरीका लागि मागभन्दा तेब्बरको आवेदन




तनहुँ
, ३१ असोज । जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् ।

नौ सय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् ।

अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा–युवतीले साँझ ७ बजेसम्म लाइनमा बसेर फाराम बुझाएका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

कार्यालय समय दिउँसो ५ बजेसम्म भए पनि आएर लाइन बसेका सबैको फाराम लिनका लागि साँझ अबेरसम्म प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

तनहुँबाट करिब ९०० जनाको आवेदन लिन सकिने व्यवस्था रहे पनि बेरोजगारको समस्याका कारण म्यादी प्रहरीमा फाराम भर्ने मानिसको भीड लागेको कार्यालयले जनाएको छ । यसअघि स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाबाट ७८८ जनालाई भर्ती गरिएको थियो ।
रासस

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार ००:००