७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ७१९ स्थानीय तह, नगरपालिका २४१, गाउँपालिका ४६२, उपमहानगरपालिका, १२, महानगरपालिका ४, वडा ६५५३



 

काठमाडौं/ स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ वटा स्थानीय तह रहने गरि सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले आज (पुस २२ गते शुक्रबार) सरकारले दिएको प्रतिवेदनमा देशभर ४ सय ६२ गाउँपालिका र २ सय ४१ नगरपालिका रहने उल्लेख छ ।

यसैगरि विभिन्न जिल्लामा ४ महानगर र १२ उपमहानगरपालिका बन्नेछन् । महानगरगालिकाहरूमा १ सय २३ वटा वडारहनेछन् भने उपमहनगरहरूमा २ सय ५१ वटा वडा रहनेछन् । नगरपालिकाहरूमा २ हजार ८ सय १० र गाउँपालिकाहरूमा ३ हजार ३६९ वटा वडा रहनेछन् । सबै स्थानीय तहमा कूल वडा संख्या ६ हजार ५५३ हुनेछन् । आयोगले हिमाली जिल्लाहरू हुम्ला, मनाङ, मुस्ताङ र रसुवामा एक वटा पनि नगरपालिका नरहने प्रतिवेदन तयार पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दहालको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रतिवेदन बुझाएका छन् ।  पौडेलले ५० हजारभन्दा बढी सरोकारवाला र नागरिकसँग छलफल गरि समावेशी तरिकाले प्रतिवेदन तयार पारेको बताए । जीआईएस नक्सामा आधारित उक्त प्रतिवेदन १६ भाग र १ हजार ७१८ पृष्ठको छ । आयोगको समायवधि २ महिना बाँकी रहपनि स्थानीय निर्वाचन प्रयोजनका लागी प्रतिवेदन दिएको हो ।

प्रधानमन्त्रीको निर्देशन 

 प्रधानमन्त्री दहालले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने योजना बनाउन मुख्य सचिव सोमलाल सुवेदी र स्थानीय विकास मन्त्री पाण्डेलाई निर्देशन दिए । सत्तारुढ, प्रतिपक्षी र आन्दोलनरत दलहरूको सहमतिमा प्रतिवेदनअनुसार स्थानीय तह बन्ने र स्थानीय चुनाव पनि हुने दहालले दाबी गरे ।
मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वय 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आयोगको प्रतिवेदन मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयन प्रक्रियामा जाने बताएका छन् । स्थानीय खबरसँग कुरा गर्दै अधिकारीले भने, “मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि कार्यान्वयन प्रक्रियामा जान्छ । साथै राजपत्रमा प्रकाशित पनि हुन्छ ।”
 

प्रकाशित मिति : २७ पुस २०७३, बुधबार ००:००