७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण




विराटनगर
, २७ असोज । निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ ।

उक्त प्रदेशका १४ जिल्लाका २८ पत्रकारको सहभागिता रहेको सो प्रशिक्षणमा निर्वाचन सम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउने लगायतका विषयमा जानकारी दिइएको थियो ।

प्रशिक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोखरेलले जनताले मतदानको माध्यमबाट अन्तरमनको अभिमत प्रकट गर्ने भएकाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा गराउनुपर्नेमा जोड दिए ।

क्षेत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या अत्यधिक रहेकाले अब हुने निर्वाचनमा बदर मत हुन नदिनका लागि मतदाता शिक्षा तहगतरूपमा शुरु गरिने जानकारी गराए ।

निर्वाचन आयोगका उपसचिव चन्द्रबहादुर शिवाकोटीले निर्वाचनका लागि आवश्यक कानून र निर्देशिका तयार भइसकेको उल्लेख गर्दै समानुपातिकका लागि मतपत्र छपाइको काम शुरु भइसकेको बताए ।

निर्वाचन सम्वन्धि पत्रकारलार्इ प्रशिक्षण
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा जनकपुरका पत्रकारलाई निर्वाचन आयोगले निर्वाचन र सञ्चार विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, संबैधानिक तथा कानूनी व्यवस्था, निर्वाचन कार्यक्रम, निर्वाचनमा सञ्चार माध्यमको भूमिका, आचारसंहिता र आम सञ्चारसंग निर्वाचन आयोगको अपेक्षा, मतदान तथा मत गणनाबारे जानकारी गराइने एक दिने सो प्रशिक्षणमा प्रदेश नं २ का आठ जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले प्रशिक्षण शुभारम्भ गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र आचारसंहिताको पालना र सचेतनामा सञ्चार क्षेत्रको गहन भूमिका रहेको बताए । निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्मा र धनुषा जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पाकुमारी झा ले आगामी निर्वाचनलाई राष्ट्रिय महापर्वका रूपमा लिई यो अभिभारालाई सबै मिलेर सम्पन्न गर्न जरुरी रहेको बताए ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००