१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस




विराटनगर
, २२ असोज । नेपाली कांग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । उनीहरू दुवै सांसद हुन् ।

जिल्लाका छ वटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराए ।

सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन् भने सो क्षेत्रबाट समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं ४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ । उनीहरु सांसद हुन् ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल छन् भने समानुपातिक समेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ । सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुन् । उनीहरु समेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००