४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वित्तीय व्यवस्थासम्बन्धी दुई विधेयक पारित



 

२० असोज, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण दुई विधेयक पारित गरेको छ । बैठकले ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’ पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पेस गरेका थिए । कार्कीले संविधानको मर्मअनुसार स्रोतसाधनको बाँडफाट गर्ने व्यवस्था गरिएको र केन्द्रको सहयोगलाई थप व्यवस्थित गरिएको बताउँदै विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले राष्ट्रिय प्राकृतिक स्रोत साधन तथा वित्तीय आयोग गठन गर्नै पर्ने हुँदा विधेयक पारित गर्नु पर्ने बताए । आयोगले बनाएको मापदण्डका आधारमा संघ, प्रदेश र स्थानीय तहमा वित्त परिचालन हुने भएकाले विधेयक चाँडो पारित हुनु पर्नेमा उनको जोड थियो ।छलफलपछि उक्त विधेयक बैठकले बहुमतले पारित गरेको हो । रासस

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार ००:००