८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट कांग्रेसमा सर्वसम्मत उम्मेदवार




काठमाडौँ
, १९ असोज । नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए ।

एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो ।

कांग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए ।

राजधानीमा भेटिएका सभापति शाहले मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसजन मात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००