१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट प्रदेश सभाका लागि छ जना सिफारिस




बेसीशहर
— लमजुङ, १९ असोज । आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट छ जनाको नाम सिफारिस भएको छ । एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो ।

एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरेको छ । यस्तै, क्षेत्र नं २ बाट जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङको नाम सिफारिस गरेको छ ।

कमिटीले सुझावसहित पेश गरेको नामावलीलाई २० गते जिल्ला कमिटीको बैठकमा छलफल गरी प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताए । जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेशतर्फका समानुपातिक उम्मेदवारका आकांक्षी छनोट गरी प्रदेश कमिटीमा सुझावसहित पेश गर्ने अध्यक्ष दवाडीले बताए ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००