१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रबजारमा दुई महिनादेखि खानेपानी ठप्प




राजविराज
, १८ असोज । सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । अविरल वर्षासंगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण खानेपानी पाइप बगेपछि गाउँमा खानेपानी ठप्प भएको बताइएको छ ।

उक्त खानेपानीबाट त्यहाँका उपभोक्ता बन्चित हुदापनि सम्बन्धित निकाय मौन बसेका कारण स्थानीय बासिन्दा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताए । शुद्ध पानीको आशामा धारा जडान गर्नका लागि एक हजार ५०० धरौटी र मासिक १०० को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षति पुर्याएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले बताए । यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

गत असार १७ गतेको अविरल वर्षासंगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो । यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताए ।
रासस

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार ००:००