२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धबाबा सडक अवरुद्ध, यात्रु अलपत्र




रामपुर
, पाल्पा, १४ असोज । पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो ।

शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । सडक माथिबाट ठूलाठूला चट्टान सहितको पहिरो खसेकाले उद्धारमा कठिनाइ भएको छ ।

गएरातिदेखि नै पहिरो हटाउने कार्य भए पनि अहिलेसम्म सडक खुल्न सकेको छैन । पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताए ।
रासस

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार ००:००