१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँमा अस्वस्थ्य मासु खान बाध्य




इनरुवा
, १४ असोज । दशैँमा सुनसरीको विभिन्न ठाउँमा अव्यवस्थित पशु बध गरी मासु बिक्री गरिएको पाइएको छ । बजार अनुगमनको अभाव र दशैँमा मासु खानैपर्ने संस्कारले उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य छन् । नियमित सञ्चालनमा रहेका ५०० मासु पसलबाहेकका ठाउँमा समेत सयौँ मासु पसल दशैँको मौकामा फोहर ठाउँमा खुलेका छन् ।

उपभोक्ता दिनेश यादवले मासु बिक्रेताले मासुको स्वास्थ्यताभन्दा मासु बेचेर कमाउने मात्रै उद्देश्य राखेकाले सर्वसाधारण जस्ले आफैँ खसीबोका वा बाख्रा बलि दिन सक्दैन त्यस्ता उपभोक्तालाई बढी मर्का परेको बताउछन् ।

मासु खानयोग्य वा अयोग्यको विषयमा जानकारी नै नलिई बाध्य भएको र सुनसरीका अधिकांश उपभोक्ताले गुणस्तरहीन र फोहर मासु उपभोग गरिरहेका छन् । फोहर ठाउँ र अव्यवस्थित मासु पसलका कारण उपभोक्ता गुणस्तरहीन फोहर मासु खान बाध्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

इनरुवा बजार, सडक र आसपासको क्षेत्रमा जताततै मासु पसल रहेकाले स्थानीय उपभोक्ता गुणस्तरहीन र अस्वस्थकर मासु खान बाध्य रहेको स्थानीय मनिष चौधरीले गुनासो गरे । चौधरीका अनुसार जिल्लाको सदरमुकाम इनरुवासहित अधिकांश ठाउँमा पशु, खसी, बाख्रा मापदण्ड विपरीत बाँधी रहेको र फोहर ठाउँमा राखेर बेचिरहेकाले अवस्था रहेको छ ।

तिहारको समयसम्म अझै धेरै प्रदूषित मासु बेच्नका लागि व्यापारी उद्धत रहेको दोस्रो स्थानीय रामनरेश चौधरीले बताए ।
रासस

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार ००:००