६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोया खोलाकाे पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा




तेह्रथुम
, १३ असोज । कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन् । आठराई गाउँपालिका ७, थोक्लुङ र फेदाप गाउँपालिका ५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ ।

वर्षा भएपछि कोयाखोलामा स्थानीयवासीलाई वारिपारि गर्न पुल अत्यावश्यक पर्छ । तर खोलामा भएको पुल जीर्ण बनेकाले स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्ने गर्छन् । यो पुल तरेर थोक्लुङसहित तेह्रथुमको आठराई गाउँपालिकाका बासिन्दा पारि फेदाप गाउँपालिकातर्फ जाने आउने गर्छन् ।

थोक्लुङको पिप्ले गाउँका २० जनाभन्दा बढी विद्यार्थीसमेत खोला तरेर विद्यालय जाने गर्छन् । तर खोलाको पुल नै जीर्ण भएपछि विद्यार्थीलाई विद्यालय जान आउनसमेत समस्या हुने गरेको छ ।

ठूलो वर्षा भएका बेला स्थानीयवासीलाई आफ्ना नानीहरु विद्यालय पठाउन मनमा त्रास हुन्छ र पठाउँदैनन् । पिप्लेका २० जनाभन्दा बढी विद्यार्थी पारि पुल्डुङ स्कुलमा पढ्ने गरेका स्थानीयवासी अशोक तिम्सिनाले बताए ।

जीर्ण बनेको पुल यो वर्ष भने स्थानीयवासीले श्रमदानमार्फत मर्मत गरेर प्रयोग गरेका छन् । पुल गाडिएको पिलर भत्किन लागेका छन् । पुलमा प्रयोग भएका काठ पनि सबै उप्किएका छन् । स्थानीयवासीले पुलमा बाँस र रुख राखेर आवतजावत गर्न सजिलो बनाउन खोजेका छन् ।

तर साना बालबालिकालाई एक्लै पुल तर्न मुस्किल पर्छ । धेरै तौल पुलमा तार्न पर्दा पुल चुँडिनेसमेत सम्भावना देखिन्छ । पुल नजिकैबाट सडक निर्माण शुरु भएकाले पुल मर्मत सम्भारमा कसैले चासो नदिएको स्थानीयवासी तिम्सिनाले बताए । सडकको बाटो खुला भएपनि अहिले पुल निर्माण नहुँदा सवारी साधन आवतजावत हुन भने सकेका छैनन् ।
रासस

प्रकाशित मिति : १३ आश्विन २०७४, शुक्रबार ००:००