६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध




गुल्मी
९ असोज । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड सोमबार बिहानदेखि अवरुद्ध बनेको छ । रेसुंगा नगरपालिका १३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडक माथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडाँै सम्म जाने सम्पूर्ण सवारी साधन र सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिए ।

सडकमा माटोसंगै ठूला—ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्ने भएको छ । जसका कारण सोमबार दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ००:००