१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुर उप–महानगरपालिकामा राजपा नेपालको जीत




धनुषा
, ८ असोज । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी ९नेपाल० नेपाल विजयी भएको छ ।

राजपा नेपाल प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र कांग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याएका छन् ।

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वडा, कांग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा एमालेले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार ००:००