७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा नगरपालिकामा समाजवादी फोरम




लहान
, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा एमालेका डा नविता यादव विजयी भएका छन् ।

फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार ००:००